उत्तर कोरियाको आरोप, अमेरिकाले पानीजहाज चोर्‍यो

उत्तर कोरिया । अमेरिकाले अवैधानिक किसिमले आफ्नो पानीजहाज चोरेको आरोप लगाउँदै उत्तर कोरियाले तत्काल फिर्ता गर्न माग गरेको छ। गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गरेको दाबी गरेको थियो।

वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट कब्जामा लिइएको बताइएको छ। उत्तर कोरियाले यो कदम सन् २०१८ मा डोनल्ड ट्रम्प र किम जङ-अनबीच भएको सहमतिको मर्मविपरीत भएको जनाएको छ।

Advertisement

उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई ‘अधिकतम दबाव’ दिएर आत्मसमर्पण गराउने प्रयास गरेको आरोप लगाएको छ। बल प्रयोग गरेर उत्तर कोरियलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने अमेरिकाले ठानेको भए त्यो “ठूलो गल्ती” हुने उत्तर कोरियाली विदेश मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिबन्ध उल्लङ्घन गरेको भन्दै अमेरिकाले उत्तर कोरियाको जहाज कब्जामा लिएको यो पहिलो घटना हो। दुई देशका नेताहरूले वार्ता गरेका भए पनि अमेरिका र उत्तर कोरियाबीच सम्बन्धमा सुधार हुन सकेको छैन।

उत्तर कोरियाका नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच गत फेब्रुअरी महिनामा भियतनाममा भेट भएको थियो। तर उत्तर कोरियाले उसको परमाणु योजना परित्याग गर्नुपर्ने कुरामा अमेरिकी जोड र अमेरिकाले आफूविरुद्ध लगाएको प्रतिबन्ध खुकुलो पार्न उत्तर कोरियाले माग राखेपछि वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो।

उत्तर कोरियाले गत केही हप्तामा दुई पटक अस्त्र परीक्षण गरेको छ। त्यसलाई धेरैले अमेरिकालाई दबाव सिर्जना गर्न गरिएको कदम मानेका छन्। तर अमेरिकीले पानीजहाज कब्जामा लिने कदमको अस्त्र परीक्षणसँग कुनै सम्बन्ध बताएको छ।

More News last news
Loading...