काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ।
जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ।
जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन्। बिहान साढे ११ बजे र्याली सुरु हुनेछ। कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका ब्यान्डले जन्मोत्सवको माहौल थप रमाईलो बनाउनेछन्।
पाटनवासीले काः बाजा, धीमे बाजा, नेकु बाजालगायतका ४० प्रकारका परम्परागत बाजा बजाउनेछन्। सत्यमोहनको एक सयौं जन्म दिन मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा एक सय ११ सदस्यीय जन्मोत्सह मूल आयोजक समिति गठन गरिएको थियो।
शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका लागि आज ललितपुरमा सार्वजनिक बिदा दिइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
