अहिले हाम्रा लागि स्मार्टफोन अपरिहार्यजस्तै भएको छ। अझ भनौं जिबनशैली नै भएको छ, स्मार्टफोन। तर, हामीले दिनरात प्रयोग गर्ने स्मार्टफोनमा ब्याक्टेरिया पनि हुन्छ। विज्ञहरुका अनुसार एउटा ट्वाइलेट सिटमा भन्दा १८ गुना बढी ब्याक्टेरीया तपाई हामीले प्रयोग गरिरहेको फोनमा हुन्छ । त्यसैले यसको प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ।
सावधानी के ?
ब्याक्टेरियाको डरले हामी स्मार्टफोन नचलाइरहन सक्दैनौं । तर, यसलाई प्रयोग गर्दा भने विभिन्न कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। त्यसको एउटै उपाय हो, आफ्नो स्मार्ट फोनलाई राम्ररी सफा गर्नु।
स्मार्टफोन सफा गर्नु पहिला त्यसलाई पावरबाट डिस्कनेक्ट गर्नुपर्छ । त्यसपछि स्वीच अफ गरेर ब्याट्रीलाई निकाल्नु पर्छ। अब सफा गर्न सुरु गर्न सकिन्छ । तपाई घरेलु सामानको प्रयोगले नै आफ्नो स्मार्ट फोन चम्काउन सक्नुहुन्छ ।
आफ्नो स्मार्टफोन सफा गर्नको लागि तपाइले कुनै छुटै पैसा खर्च गरि सफा गर्नु पर्दैन।
यसरी गर्नुहोस् सफा
१, करिब ६० प्रतिशत पानीसँग ४० प्रतिशत Isopropy मिलाएर घोल्नुहोस्।
२, तयार पारियको झोललाई कपडाको टुक्रा लिएर फोनको जुन भागमा धेरै फोहोर छ, त्यहीँबाट सफा गर्न सुरु गर्नुहोस् ।
३, फोनको स्क्रिनलाई सफा कपडाले पुछ्नुहोस् । सुतीको कपडा पनि प्रयोग गर्न सकिन्छ।
४, कान सफा गर्दा प्रयोग गरिने इयर बडले हेडफोन, युएसबी पोर्टसमेत सफा गर्न सकिन्छ। एजेन्सीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
