करोडपति बन्ने पहिलो युवा, ३ प्रश्न बाँकी हुँदा नै गुमे सबै लाईफलाईन, तरपनि जिते १ करोड

काठमाडौं । नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलो पटक करोडपति पाएको छ। शोले गरेको घोषणा अनुसार पहिलो करोडपति विराटनगरका राजीव जैन हुन्। जैन एमबीए डिग्री होल्डर हुन् साथमा उनी क्विज मास्टर पनि हुन्।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए । दिल्ली युनिभर्सिटीबाट एमबीए गरेपछि उनी २००३ मा नेपाल फर्किएका थिए। दिल्लीमा छँदा भारतमा यही शो ‘कौन बनेगा करोडपति’का लागि समेत छनोट भएका उनी ‘फस्टेस्ट फिंगर फर्स्ट’ पार गरेर हट सिटमा पुग्न भने पाएनन्।

Advertisement

शनिबार राती प्रसारण भएको एपिसोडमा ‘को बन्छ करोडपती’ले पहिल्यै ‘पहिलो करोडपति परिचित गराइँदै’ भनेकोले राजीव नै पहिलो करोडपति हुन् भन्ने प्रस्ट छ। यद्यपि शनिबारको एपिसोडमा राजीवले २५ लाख मात्र जितेका छन् र समय सकिएको छ।

३ प्रश्न बाँकी छँदै सबै लाइफलाइन गुमाइसकेका थिए। शनिबारको खेलमा उनले २५ लाखको प्रश्नको सही जवाफ दिएर २५ लाख जितिसकेका छन्। उनी १ करोड जित्नको लागि मात्रै २ प्रश्नको दूरीमा हुँदा समय सकिएको छ।

पहिल्यै पहिलो करोडपति भनेर घोषणा गरिसकिएकोले उनले बाँकी २ प्रश्नको पनि सही जवाफ दिने निश्चित छ। उनले बाँकी २ प्रश्नको सही जवाफ दिएर १ करोड जितेको आज आइतबार बेलुका प्रसारण हुने एपिसोडमा हेर्न सकिनेछ।

हेर्नुहोस् शनिबारको एपिसोड :

More News last news
Loading...