काठमाडौँ । युरोपेली संघमा आवद्ध मुलुक साइप्रसमा एक नेपाली युवतीकोे हत्या भएको छ। नेपालीको हत्या गर्ने ती सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरिसकेका छन्।
ती सिरियल किलर साइप्रस सेनाका कप्तान भएको बताइएको छ। उक्त सिरियल किलरले एक नेपाली चेली अस्मिता खड्का विष्टको पनि हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार रोयटर्सले जनाएअनुसार साइप्रस सेनाका एकजना बहालवाला कप्तानले आप्रवासी कामदार महिला र तिनका छोरीलाई श्रृङ्खलावद्ध रुपमा हत्या गरेका हुन्। सेनाका ३५ वर्षे ती कप्तानलाई प्रहरीले हिरासतमा लिएको छ।
प्रहरीसँगको बयानमा उनले आपराध कबुल गरेका छन्। उनकै बयानका आधारमा विभिन्न स्थानबाट हत्या गरिएका ५ जनाको शव साइप्रस प्रहरीले बरामद गरेको छ। शवहरु राजधानी निकोसिया नजिकै रहेको तामा खानीको दुषित पानी जम्मा हुने पोखरीमा फेला परेका हुन्। स्थानीय प्रहरीलाई उद्धृत बीबीसीले जनाएअनुसार सैनिक सुटिङ रेन्जमा भेटिएको शव नेपाली अस्मिता खड्का विष्टको हो।
अस्मितामा २०१८ जुलाइ १८ देखि हराइरहेकी थिइन्। उनको खोजीका लागि महिला अधिकारवादी समूहले माग गर्दै आइरहेको थिए। साइप्रसमा सयौंका संख्यामा नेपाली महिला घरेलु कामदार छन्। मारिने अन्यमा फिलिपिन्स र रोमानियाका महिला तथा उनीहरुका सन्तान छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
