काठमाडौ । चीनको भूमि हुदै नेपालले तेस्रो मुलुकबाट सामानको आयात तथा नियार्त गर्न पारवहन मार्ग व्यवाहारिक रुपमै खुल्ला भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भूपरिवेष्ठित नेपालको लागि चीन तर्फबाट समेत पारवहन मार्ग प्राप्त भएकोले नेपालको पारवहनमा विविधिकरण भएको र जापान तथा कोरिया लगायतका तेस्रो मुलुकहरुबाट आयात निर्यात गर्न बाटो खुल्ला भएको स्पष्ट पारेका छन्।
नेपाल र चीनबीच नेपालका राष्ट्रपतिको हालै भएको चीन भ्रमणको बेला पारवहन सम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालका लागि विकल्पको रुपमा चिनियाँ पारवहन सुविधा प्राप्त भएको हो।
पारवहन प्रोटोकलमा हस्ताक्षर पछि अब नेपालले चीनका विभिन्न ३ वटा सुख्खा बन्दरगाह र ४ वटा सामुद्रिक बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । नेपालले आवश्यकता अनुसार चीनका अन्य बन्दरगाह पनि प्रयोग गर्न पाउने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
