लाहोरस्थित सूफी धार्मिक स्थलबाहिर विस्फोटन, कम्तीमा पाँच जनाको मृत्यु

पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानी अधिकारीहरूका अनुसार विस्फोटनमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। स्थानीय जियो न्यूज टेलिभिजनका अनुसार धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ। जियो न्यूजले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको जनाएको छ।

Advertisement

केही प्रहरी पनि घाइते भएका छन्। प्रारम्भिक विवरणहरूका अनुसार विस्फोटन दाता दरबार सुफी दरगाहनजिकै भएको थियो।

विस्फोटन भएको ठाउँमा ठूलो सङ्ख्या सुरक्षाकर्मीहरू पुगेका छन्। अहिलेसम्म कसैले विस्फोटनको जिम्मेवारी लिएको छैन।रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री इमरान खानले सो विस्फोटनको निन्दा गर्दै घाइतेको राम्रो उपचारको प्रबन्ध गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

शिया र सुन्नी दुवै सम्प्रदायका हजारौँ मुसलमानहरू सो दरगाहमा प्रत्येक वर्ष जान्छन्। सो स्थलमा गैरमुस्लिमहरू पनि दर्शन गर्न जान्छन्।

सन् २०१० मा सो दरगाहमा भएका दुई आत्मघाती विस्फोटनमा दर्जनौँ मानिसहरूको ज्यान गएको थियो। लाहोर पाकिस्तानको दोस्रो ठूलो सहर हो। इस्लाम धर्मअन्तर्गर भएको भए पनि सूफी सम्प्रदाय अनुसरण गर्ने मानिसहरूलाई कट्टरपन्थी लडाकुहरूले आक्रमण गर्ने गरेका छन्। बीबीसी

More News last news
Loading...