विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालको सरकारी टोली आधार शिविर पुगेर आरोहणको तयारी गरिहेको छ।
उच्च हिमाली वातावरणसँग अनुकूल हुन त्यो टोलीका सदस्यले एक चरण सात हजार मिटरसम्मको उचाइ छोइसकेका छन्। अब उनीहरू आरोहणको लागि उपयुक्त मौसमको प्रतीक्षामा छन्।
नेपालको इतिहासमा सगरमाथाको उचाइ नाप्न लागिएको यो पहिलो पटक हो। यसपटक नेपाल सरकारले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी सगरमाथाको उचाइ नाप्दैछ। त्यसका लागि प्राविधिक टोलीले चुचुरोसम्मै पुगेर तथ्याङ्क सङ्कलन गर्नेछ।
उक्त सरकारी टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन्। केही आरोहण सहयोगी पनि टोलीमा सहभागी छन्।
को-को जाँदैछन् चुचुरोमा?
चार सरकारी कर्मचारीमध्ये गौतम र कार्की सगरमाथाको चुचुरोमै पुग्ने योजनामा छन्। चुचुरोमा जाने टोलीका सदस्यले ‘ग्लोबल न्याभिगेशन स्याटलाइट सिस्टम’ (जीएनएसएस) नाम उपकरण लानेछन्। उक्त उपकरणले सगरमाथाको चुचुरोमा भू-उपग्रहबाट पठाएका डेटा, तापक्रम, गुरुत्वाकर्षण, मौसमी तथ्याङ्क र आद्रतासम्बन्धी तथ्याङ्क सङकलन गर्नेछ।
सन् २०११ मा निजामती कर्मचारी आरोहण दलको सदस्यका रूमा गौतमले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। सुरजसिंह भण्डारी र युवराज धितालले भने आधार शिविरमा बसेर उनीहरुलाई सहयोग गर्नेछन्।
काम कति सकियो?
नापी विभागले भारतको बङ्गाल हुदै नेपाली भूभाग सिराह जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर सम्पर्क स्थापित गरेको छ। जीएनएसएस उपकरणको सहयोगमा सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, भोजपुरलगायतका स्थानहरूमा विन्दुहरू कायम गरिएका छन्।
एकीकृत तथ्याङ्क सङ्कलनका लागि ती विन्दु कायम गरिएको विभागले जनाएको छ।भूबनोट, सतह मापन, उचाइ मापन, आधार विन्दु कायम गर्ने, स्थलतगत अवलोकन गरी हालसम्म झन्डै तीन सयवटा विन्दु कायम गरिएको नापी विभागका प्रमुख सुशील डङ्गोलले बताए।
ती सबै विन्दुको तथ्याङ्क नापी विभागमा एकीकृत गरी सगरमाथाको आधिकारिक उचाइ सार्वजानिक गरिने उनले बताए।
तयारीका क्रममा नापी विभागका प्रमुख नापी अधिकृत गौतम संयोजकत्वको चारसदस्यीय उचाइ मापन टोलीले ६,१८९ मिटर उचाइ अग्लो आइलन्ड पीक आरोहण गरिसकेको छ। बीबीसीको सहयोगमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
