काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मन्त्रीहरु हेरफेर गर्न तयार भएका छन्। हिजो (आइतबार) प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा करिब करिब मन्त्रीहरु हेरफेर गर्नेबारे सहमति भएको स्रोतको दाबी छ।
आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याएपछि मन्त्रिमण्डल हेरफेर हुने नेकपाका स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले जानकारी दिए।
उनकाअनुसार अध्यक्षद्धयबीच भएको छलफलमा यस विषयमा हिजै छलफल तथा सहमति भैसकेको छ। को को मन्त्री बनाउने र अहिले भएका क-कसलाई फिर्ता बोलाउने भन्नेबारे पनि गहिरो छलफल भएको स्रोतको दाबी छ। रिर्पोटर्स क्लबबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
