एजेन्सी । एक रुसी विमानमा एक्कासि आगलागी भएपछि आकस्मिक अवतरण गरिएको छ । रुसी सरकारी सञ्चारमाध्यामहरुका अनुसार एक्कासी आगलागी भएपछि विमान आकस्मिक रुपमा मस्कोस्थित अन्तर्राष्टिय विमानस्थलमा अवतण गरेको हो । विमान दुर्घटनामा १३ जना मारिएको र ५ जनाको अवस्था गम्भिर भएको बताइएको छ।
आकस्मिक अवतरण गरेको सुपरजेट १०० विमानबाट ७८ जना यात्रुलाई बाहिर निकालिएको बताइएको छ । विमान अवतरण गरेलगत्तै यात्रुहरुलाई आपतकालीन ढोकाबाट बाहिर निकालिएको दृष्यसहितका भिडियोहरु सामाजिक सञ्जालहरुमा समेत भाइरल भएका छन् । उक्त भिडियोमा विमान आकस्मिक अवतरण गरेलगत्तै कालो धुँवासहित बलिरहेको देखिन्छ ।
आपतकालीन ढोकाबाट यात्रुहरुलाई उद्धार गरिँदा केही यात्रु घाइते समेत भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । सो विमान मस्कोको शेरेमेत्येवो विमानस्थलबाट मुर्मान्सकतर्फ उडान भरिरहेको बेला दुर्घटनामा परेको जनाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
