नयाँ पार्टीमा बाबुराम र उपेन्द्र मध्ये को ठूलो ? यस्तो छ बरियता

काठमाडौँ । भर्खरैमात्र एकता गर्ने निर्णय गरेका नयाँशक्ति नेपाल र संघीय समाजवादी फोरमको झण्डै समानान्तर झैँ लाग्ने दुई केन्द्रीय निकाय गठन गर्ने भएका छन्।

नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्व व्यवस्थापनका लागि यस्तो निर्णय गरिएको हो।

Advertisement

भर्खरै सम्पन्न एकता सम्बन्धी निर्णय अनुसार, संघीय परिषदलाई पहिलो प्राथमिकता दिँदै त्यसको नेतृत्व डा भट्टराईलाई दिने निर्णय गरिएको छ।

नेपालका सबै मूलधारका पार्टीझैँ नयाँ पार्टीको केन्द्रीय समितिको गठन पनि गरिएको छ, जसको अध्यक्षता हालसम्म फोरमको अध्यक्ष रहेका उपेन्द्र यादवले गर्नेछन्।

स्रोतका अनुसार, नेतृत्वको पहिलो वरियतामा डा भट्टराईलाई राखिएको छ भने केन्द्रीय समितिको निर्णय उल्ट्याउने अधिकार संघीय परिषदलाई दिइएको छ । नयाँ पार्टी बैशाख २३ गते घोषणा हुनेछ।

More News last news
Loading...