मलेसिया । ८ वर्षदेखि मलेसियामा काम गर्दै आएका एक नेपालीको ज्यान गएको छ।
मलेसियाको प्रतिष्ठित कम्पनी WRP मा कामदारको रुपमा मलेसिया आएका रुकुमका नवीन कुमार मल्लको निधन भएको छ।
केही दिन पहिले देखी नै बिरामी भएका मल्लले साधारण क्लिनिकमा चेकजाँच गराएर औसधी सेवन गरिरहेका थिए।
अचानक धेरै सिरियस बिरामी पर्दा उपचारको लागि गत बुधबार मे एक का दिन हस्पिटल लैजाने क्रममा मृत्यु भएको छ।
मृतक मल्लका आफन्त अहिलेसम्म कोहि सम्पर्कमा नआउँदा मृतकको शव सेरेम्बान हस्पिटलमा बेवारिसे अबस्थामा रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
