काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको टुंगो लागेको छ। केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको छ।
आज प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीले एकताको विषयमा कुरा मिलेको बताएका हुन्। पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ। नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही वैशाख २३ गते पार्टी घोषणा हुनेछ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
