भ्रमण तालिका भन्दा एक दिन अगावै राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधबार ल्हासाबाट स्वदेश फर्किएकी छिन्।

बिहीबारमात्र नेपाल फर्कने तालिका रहेपनि राष्ट्रपतिले अस्वस्थ महसुश गरेपछि बुधबार नै फर्किएकी हुन्। हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपतिले भ्रमण छोट्याएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ।

Advertisement

त्रिभुवन विमानस्थलमा राष्ट्रपतिलाई उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपि शर्मा ओली, सभामुख कष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना, उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, ग्रहमन्त्री राम बहादुर थापा, पुर्व सभामुख सुवास चन्द्र नेवाङ, पराराष्ट सचिव शंकरदास वैरागी लगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए।

More News last news
Loading...