नेपाली सम्पदामा संबर्धन र संरक्षणको खडेरी !

यूएई । अहिले नेपाल सास्कृतिक रहनसहन, सिप ,कला संस्कृतिले मात्र हैन प्राकृतिक सम्पदाले पनि बिश्व सामू चिन्हाएको छ । यहि प्राकृतिक सुन्दरतालाई अनुभव गर्न वा हेर्न नेपालमा लाखौँ बिदेशी तथा आंतरिक पर्यटकहरु आउने क्रम बढ्दो छ ।

विदेशी पर्यटकहरू यहाँको प्राकृतिक, सामाजिक, धार्मिक र प्राचिन सांस्कृतिक कला महत्वका साथै सम्पदाहरू अवलोकन गरेर जाने गर्दछन्। यही सम्पदाहरु अहिले नेपालको सबै भन्दा बढ़ी आम्दानीको श्रोत बन्न पुगेको छ । सोहि प्राकृतिक र सांस्कृतिक मुल्य मान्यतालाई जिबन्त राख्न हरेक बर्ष विश्व सम्पदा दिवस नेपालमा धूमधामका साथ मनाउने गरिन्छ।

Advertisement

हालसम्म नेपालका विश्व सम्पदा सूचीमा १० वटा सम्पदाहरु परेका छन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक संगठन यूनेस्कोले सन् २००० जुन ९ मा प्रकाशन गरेको विवरणमा विश्वका ११८ देशका जम्मा ६३० मध्ये नेपालका १० वटा सम्पदा विश्व सम्पदा सूचिमा समेटेको थियो । सन् १९८२ देखि सुरू गरिएको उक्त दिवस हरेक अप्रिल १८ मा मनाउने गरिन्छ।

विश्वमै उदाहरणीय र अतुलनीय रूपमा आफ्नै महत्व बोकेका ऐतिहासिक स्थलहरूलाई आगामी पूर्खाहरूका लागि सदा जीवित राख्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हुँदा यसलाई नारा र भाषण मात्र नरहि बहस र कार्यान्वयनकै बिषय बनाउनु पर्ने देखिएको छ।

किनकी नेपालमा रहेका कति सम्पदाहरु अहिले भग्नावशेष अवस्था त कतिको दयनीय क्षति रहेको हुदा उचित मर्मत सम्भारको कमीले अवशेष मेटिने खतरा बढ़ी देखिएको छ। यसको मुल कारण वि.स. १९९० र २०७२ सालको विनासकारी भूकम्प, दैबी प्रकोप साथै राजनीतिक आन्तरिक युद्धले पनि वषौँ देखिको मर्मत सम्भार नभई जीर्ण हुनु र हराउनु पनि रहेको छ। यी क्षति भएका कारण अबका आगामी पिढी लाई इतिहास बताउनु पर्ने अवस्था नआउला भन्न सकिन्न।त्यसैले यसको बेलैमा सम्भार गर्न सक्नु पर्दछ।

प्राकृतिक सम्पदा अहिले राजधानी उपत्यकामा मात्र खुमचिनु वा त्यहाँको लागी मात्र ठान्नू गलत हुन्छ देशका हरेक क्षेत्रमा उत्तिकै महत्व राख्दछ।जसले बिदेसी एबं स्वदेसि पर्यटक भित्राउन मद्दत गर्ने र आम्दानीका श्रोतको पहिचान,सिप कलाको बिकासमा समेत टेवा पुर्याउने गर्दछ। इतिहास साक्षी होला नेपाल अहिले मात्र होइन बिगत देखि नै पुराना सास्कृतिक सम्पदा,चाडपर्ब, कला ,प्राकृतिक धरोहरको अलगै नमुना पेश गर्न बिश्व सामू परिचित छ।

इतिहासका कालखण्डमा थुप्रै आरोह अबरोह नेपालले पार गरेको छ । दैनिक समाचारमा एैतिहाँसिक सम्पदा, मूर्तिहरु चोरी निकासी बिक्री बितरण भएको सुनिन्छ तर अझसम्म कसैले दण्ड सजाय भोगेको पाईदैइन।

हामी आफ्ना सम्पदाहरु दिनानुदिन लिलाम भएको टूलुटुलू हेरेर बस्ने गरेका छौँ । केहि दिन अगाडि पंक्तिकार दुबईको ठुलो ब्यबसायिक मलमा ९गिनीज वर्ल्ड रेकर्ड, विश्वकै सबै भन्दा ठुलो दुबई सपिंङ मल० जादा त्यहाँ अमेरिकाबाट संसारमै लोप भएको डायनासोरको कंकाल लिएर राखेको देखियो। यो त्यहाँ राख्नुको कारण हो पर्यटक प्रबधन र संरक्षण । जसका कारण दुबईले आर्थिक स्तर माथि उकासेको छ। यहाँ यो जोड्न खोजिएको हो की हामीले नेपालमा भएका सम्पदाको संरक्षण गर्न सकेका छैनौँ । तर विदेशीहरु आफु सँग नभए पनि बाहिर बाट ल्याएर आफ्नो सम्पदा ठानी मनग्य आम्दानी गरेका छन् । यसबाट पनि सिक्न आवश्यक छ या संग्रालयको बिधि अपनाएर पुराना बस्तु जो बहुमूल्य छन् त्यस्ता चिजको ब्यस्थापन गरेर पनि आर्थिक लाभ लिन सकिन्छ।

नेपालमा रहेका मठ मंदिर अहिले टेकोका भरमा अड़किएका छन्। धरहरा बन्ने नबन्ने ठेगान छैन । भएका सम्पदाहरु कुनै गुठीको भर त कोही ब्यक्तिगत स्वार्थमा मागी खाने भाँडो भएको छ। सरकारले यसमा ध्यान दिन सकेको छैन। हामी नयाँ नयाँ खोजी रहन सकेका हुदैनौं पुराना रितिस्थिति कलालाई ब्यबसायिक बनाउन चाहँदैनौं र भएका पनि लोप हुने अवस्थामा छन्।

हो अब पनि हामीले सधै हाम्रा बहु धर्म, सास्कृतिक चालचलन, पर्ब, कला सस्कृति, भेषभुषा, बहुजाति, प्राकृतिक सम्पदालाई उचित सम्भार संरक्षण गर्न सकेनौं भने नेपाल इतिहासमा मात्र उल्लेख हुने र आगामी सन्ततिलाई कथा भन्ने अवस्थामा गुज्रिन बेर लाग्दैन तसर्थ यस दिवसलाई नारा, भाषण मात्र नठानी बहसको बिषय समझेर हाम्रा सम्पदालाई उचित स्याहार र संरक्षण एबं डिजिटल प्रबिधीमा अपडेट गरी अघि बढ्नु आवश्यक छ जसले गर्दा नेपाललाई बिश्व सामू छूटै पहिचान दिलाउन र आर्थिक ,सामाजिक स्तरमा धनि बनाउन मद्दत पुग्ने देखिन्छ।

More News last news
Loading...