काठमाडौं । नेपाली नागरिकसँग विहे गर्ने विदेशीले नेपाली नागरिकता लिन ७ वर्ष स्थायी बसोबास गरेको व्यवस्था गर्न साझा विवेकशील पार्टीले प्रस्ताव गरेको छ।
नागरिकता विधेयकमाथि मंगलबार आफ्नो धारणा राख्दै साझा विवेकशील पार्टीले नेपालीसँग विहे गरी आउने विदेशी नागरिक (महिला वा पुरुष) ले ७ वर्ष नेपालमै स्थायी बसोबास गरेपछि मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको हो।
‘नागरिकता नपाउँदासम्म पारिवारिक सम्बन्ध व्यवस्थापन गर्न, कानूनीरूपमा निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न र अन्य अत्यावश्यक कार्यहरू गर्नका लागि विशेष परिचय पत्र प्रदान गर्न सकिन्छ’ प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी वक्तव्यमा भनिएको छ। ‘त्यसो गर्दा महिला र पुरूषबीच नागरिकता वितरणमा रहेको एउटा प्रमुख विभेद अन्त्य हुने वक्तव्यमा उल्लेख गरिएको छ।
हाल नेपालमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विदेशी नागरिकता त्याग गरेको प्रमाण पेश गर्नेवित्तिकै नागरिकता पाउने व्यवस्था छ भने नेपाली महिलासँग विहे गरेका विदेशी पुरुषले नागरिकता पाउने व्यवस्था छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
