पाल्पा । पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ।
पूर्वखोला गाउँपालिकाबाट जन्ती लिएर निस्दी गाउँपालिकातर्फ गइररहेको लु १ ज १९४१ नम्बर जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
उक्त दुर्घटनामा परी खड्कबहादुर सोमै, दोक्लान खन्गाहा, लालबहादुर सारु, सान्तबहादुर सारु र बुद्धिबहादुर सोतीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा केही घाइते भएका छन् ।
उक्त दुर्घटनाग्रस्त जिपमा कति यात्रु थिएभन्ने बारे पूर्ण जानकारी प्राप्त भइसकेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
