काठमाडौँ । नागरिकता विधेयकविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
विभिन्न राजनीतिक दलको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो।
राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले विदेशीलाई खुला रुपमा वंशजको नागरिकता दिनेगरी विधेयक बनाएकाले आन्दोलन गर्नुपरेको भन्दै तत्काल विधेयक खारेज नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए।
प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका राजनैतिक पार्टी र संघसस्थाको नेता कार्याकर्ता सहभागी थिए।
त्यसैक्रममा उनीहरुले नयाँबानेश्वर चोकमा गत चैत्र १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनि गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
