काठमाडौँ । बारा र पर्सामा हावाहुरीले भत्काएका घर निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ।
बर्खाअघि नै पीडितका घर निर्माणको जिम्मासहित नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ बजेट दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।
वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा उनले हावाहुरीबाट भत्किएका १४ सय ५३ वटा घर सेनाले नै बनाउने प्रष्ट पारेका हुन्।
अब सरकारले छुट्याएको रकम अनुसार नेपाली सेनाले एउटा घर बराबर ५ लाख ८२ हजार ८ सय रुपैयाँ पाउने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
