डडेलधुरामा बस दुर्घटना, ५ जनाको मृत्यु (सूचीसहित)

काठमाडौँ । डडेलधुरामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक बिहान ५ः३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा बझाङ्गको तल्लाकोट गाउँपालिका–४ का अन्दाजी बर्ष ४० का धनबहादुर घर्तीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। त्यस्तै बझाङ्ग कै केदारस्युँ गाउँपालिका–५ का अन्दाजी वर्ष २५ का नरेन्द्र गुरुधामी, स्टा गाउँपालिका –१ अन्दाजी वर्ष ४० का विनोद थापा र विहार भारतका मोहमद नासिरको मृत्यु भएको छ।

Advertisement

मृत्यु भएका दुई महिलाहरुमा बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन्।

गम्भीर घाईते बझाङ्ग मस्टा गाउँपलिकाका विनोद थापा, भारत विहारका मनासिर, कैलालीको गोदावारी १० का रेशम चौधरी, बझाङ्गको थलारा गाउँपालिकाका धनबहादुर चौहानलाई थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

More News last news
Loading...