काठमाडौँ । बिहानै काठमाडौँमा महशुस गरिएको भूकम्पको धक्का नौबिसे केन्द्रबिन्दु भएर गएको पुष्टि भएको छ।
बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।
नौबिसे केन्द्रिविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौँ, गोरखा, नुवाकोट, चितवनका जिल्लामा पनि महशुस गरिएको थियो। २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको भोल ४ वर्ष पुग्दैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
