महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ।
शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आइतबार ४५ वर्षको उमेरमा निधन भएको हो।
उनको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ। उनले राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचित भएकै बेलादेखि उनी शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भएपछि औषधि उपचार भइरहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
