पोखरामा फेरी शक्तिशाली बम भेटियो

काठमाडौँ । पोखराको अति व्यस्त सडक पोखरा–९ मानवअधिकार चोकबाट पचासमीटर दुरी दक्षिणपट्टीको सडकमा शनिवार विहानपनि शक्तिशाली बम भेटिएको छ।

हिँजोपनि पोखरामा बम फेला परेपछि स्थानीय र पर्यटकहरु तर्सित भएका थिए । बम फेला परेपछि नेपाली सेनाको प्राविधिक टोलीले निश्क्रिय पारेको छ । बम एउटा कागजको गोलो प्याकेटमा टेपले वेरेर राखिएको थियो ।

Advertisement

सडक छेउमा विहान सात वजे स्थानीयले बम देखेपछि सुरक्षाकर्मीलाई खवर गरेका थिए ।सडक छेउमा बम भेटिएपछि सर्वसाधारणलाई क्षति नहोस् भनेर उक्त वम राखिएको क्षेत्रलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा घेरामा राखेको थियो। बम भेटिएको डेढ घण्टापछि ८:३० वजे नेपाली सेनाको प्राविधिक टोली त्यहाँ पुगेर बम निश्क्रिय पारेको हो।

दुई दिन अघि वैशाख पाँच गते विप्लव समूहले घोषणा गरेको बन्दका दिन सोही स्थानको ५० मीटर पूर्वको सडक छेउमा बम राखिएको थियो। उक्त सडक व्यापारिक दृष्टिकोणले अत्यन्तै व्यस्त सडक हो । उक्त बम विप्लव समूहले नै राखेको हुन सक्ने आशंका कास्की प्रहरीको छ।

More News last news
Loading...