साउदी अरबमा दुई भारतीयलाई मृत्युदण्ड

साउदी अरबमा दुई जना भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ। रोजगारीका लागि साउदी पुगेका होसियारपुरका सतविन्दर कुमार र लुधियानाका हरजित सिंहलाई हत्याको आरोपमा मृत्युदण्ड दिइएको हो।

उनीहरुलाई गएको फेब्रुअरी २८ तारिखका दिन मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ। तर उनीहरुका परिवारलाई गएको सोमबार मात्रै खबर दिइएपछि मृत्युदण्ड भएको थाहा भएको हो।

Advertisement

सन् २०१३ मा गाडी चलाउन साउदी गएका उनीहरुले सन् २०१५ मा आरिफ भन्ने व्यक्तिसँग मिलेर चोरी गरेको र चोरी गरेको पैसा बाँड्ने क्रममा झगडा भएपछि आरिफको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई सन् २०१५ मा चोरीको आरोपमा पक्राउ गरेको थियो । सजाय पूरा भएर छुट्ने बेलामा हत्या गरेको समेत आशंका भएपछि रियादबाट दमाममा सारिएको थियो । अनुसन्धानका क्रममा आरोप स्वीकार गरेपछि उनीहरुलाई मृत्युदण्ड दिइएको बीबीसीको समाचारमा उल्लेख छ ।

साउदीको कानुनअनुसार मृत्युदण्ड पाएका व्यक्तिको शव उसको परिवार र देशमा पठाउँदैन । यस्तै मृत्युदण्ड दिइएको दुई महिनापछि मृत्यु दर्ता जारी गर्ने साउदीको कानुन छ ।

More News last news
Loading...