चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीन जाने
चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीन जाने
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिङपिङको विशेष निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी २४ अप्रिलदेखि चीन भ्रमणमा जाने भएकी छिन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो बेल्ट एण्ड रोड फोरमको बैठकमा उपस्थिति जनाउनुको साथै सम्बोधन पनि गर्नेछन्।
राष्ट्रपति भण्डारी त्यहाँ समकक्षी सी जिङपिङले आयोजना गर्ने भोजमा पनि सरिक हुनेछन्। यस्तै उनले अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीमा भाग लिँदै त्यहाँ नेपालीहरुले राखेका स्टलहरुको अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ।
त्यस्तै राष्ट्रपतिको भ्रमणमा नेपाल र चीनबीच केही महत्वपूर्ण विषयहरुमा द्विपक्षीय सम्झौता हुने पनि बताइएको छ। उनले त्यहाँ वरिष्ठ चिनियाँ नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। उनले बेइजिङमा नेपाल र चीनबीचको व्यापारबारे एक संयुक्त बैठकलाई पनि सम्बोधन गर्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
