पुलिसले दाह्री छोएको भन्दै ड्राइभरले देखाए यस्तो हर्कत, सबै बने हेरेको हेरै (भिडियोसहित)

एजेन्सी । आजकाल एउटा भिडियो सोसल मिडियामा निकै चर्चित भइरहेको छ। भारतको उत्तर प्रदेशको भनिएको उक्त भिडियोमा दुई सिख ट्रक ड्राइभर र उत्तर प्रदेशको पुलिसबीच बहस भइरहेको देख्न सकिन्छ।

ड्राइभरको आरोप अनुसार पुलिसको गाडीलाई साइड दिनै लाग्दा पुलिसले ट्रकलाई ओभरटेक गरेर रोके। त्यसपछि उनी जबरजस्ती ट्रकबाट तल झरे। जब ड्राइभर तल झरे तब पुलिससँग बहस गर्न थाले। यसै बहसको क्रममा पुलिसले सिख ड्राइभरको दाह्री छोए । जसका कारण ड्राइभर रिसाए र अर्को पुलिसलाई धक्का दिएर धम्क्याउन थाले।

Advertisement

त्यसपछि ट्रक ड्राइभर थप रिसाए। उनी झटपट ट्रक तिर गए र तरवार निकालेर पुलिसलाई पुनः धम्क्याउन थाले। त्यसपछि पुलिसलाई भने, ‘हिम्मत छ भने अब हात लगाएर देखाउ।’

अर्का पुलिसले उनीसँग कुरा गर्न चाहे र ‘कसले तिम्रो दाह्री छोयो’ भनेर सोध्न थाले। ड्राइभरले दाह्री छुने पुलिसतर्फ इशारा गरे।

पुलिसका अनुसार थुप्रै पटक हर्न बजाउँदा पनि युवकले पुलिसको जिपलाई साइड दिएका थिएनन्। उनले भने, ‘के उनलाई त्यो पुलिसको गाडी भन्ने थाहा थिएन र ? उनीहरु तत्काल रोकिनुपर्ने उनलाई थाहा थिएन ?’

कुरा निकै बढ्यो र अन्त्यमा दुई युवकलाई नजिकको थाना लगियो।

हेर्नुहोस् उक्त घटनाको भिडियो

More News last news
Loading...