२ हप्ता अघि बिहे गरेर जापान गएकी नेपाली युवतीको ट्रिपरको ठक्करबाट मृत्यु

जापान । २ हप्ताअघि विवाह गरेर जापान गएकी एक नेपाली युवतीको ट्रिपरको ठक्करबाट ज्यान गएको छ।

जापान नागोया मेकेनको योकाईची सिटीमा सोमबार बिहान साढे ९ बजेतिर साईकलमा विद्यालय जाँदै गरेकी नेपाली युवतीलाई ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो। ममता मोक्तान नाम गरेकी ती नेपाली युवती २ हप्ताअघि मात्र विवाह गरेर जापान पुगेकी थिइन्।

Advertisement

ममता नागोयामा रहेको योक्काईची कलेज अफ ईन्फरमेशन एण्ड ल्यांग्वेजमा सेन्मोन गाग्गोमा अध्ययन गर्दै आएकी थिईन्। ममता सन् २०१६ को अप्रिलमा भाषा अध्ययनका लागि विद्यार्थीको रुपमा जापानको ओकिनावा आएकी थिईन् ।

ममता दुई साता अघिमात्र नेपाल गएर नुवाकोटको शिवपुरी गाउँपालिका स्थायी घर भएका प्रेमी राम तामाङसँग बिवाह गरि जापान फर्केकी थिईन्।

More News last news
Loading...