साढे आठ सय वर्ष पुरानो कथिड्रलमा भीषण आगलागी

बीबीसी । फ्रान्सको प्यारिसस्थित प्रसिद्ध नोट्रु-डाम कथिड्रलमा आगलागी शुरू भई पूरै भवनमा आगो फैलिएको छ। आगलागीको कारण खुल्न सकेको छैन, तर अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन्।

साढे आठ सय वर्ष पुरानो गोथिक भवनमा लागेको आगो नियन्त्रणमा लिन ठूलो स्तरमा प्रयास भइरहेको छ। तर कथिड्रलको छाना र शिखर ध्वस्त भएको बताइएको छ। गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न अपील गरेको थियो।

Advertisement

आगलागीको दृश्य हेर्न हजारौँ मानिस सडकमा निस्केका छन्। कोहीकोही रुदै गरेको त कोहीकोहीले भजन गाउँदै गरेको देखिन्छ। घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रोँले ‘सबै क्याथोलिक र फ्रान्सेली नागरिकप्रति आफ्नो समवेदना रहेको’ बताएका छन्। उनले भने, ‘मेरा सबै देशवासीका जस्तै म पनि आज राति हाम्रो एउटा अंश जलिरहेको देखेर दुःखी छु।’

राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार आगलागीपछि देशका नाममा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम स्थगित गरेका छन्। कथिड्रलका एकजना प्रवक्ताले भवनको पूरै संरचना ‘जलिरहेको’ बताए। उनले भने, ‘केही बाँकी रहनेछैन।’ आगलागी नियन्त्रणबारे एउटा उपाय सुझाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गरेका छन्।

More News last news
Loading...