काठमाडौं । चर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको रमाईलो गीत “क्यार्न मया मारिचौं” सार्बजनिक भएको छ ।
समाजमा घट्ने यथार्थ घटनाहरुलाई टपक्कै टिपेर गीत बनाउन सिपालु गायक शर्माले रमाईलो गीत “क्यार्न माया मारिचौं” सार्वजनिक गरेका हुन् । केही समय अगाडि सर्वाधिक चर्चामा आएको र विश्व हल्लाएको ‘लुट्न सके लुट कान्छा पछि गायक शर्माले बजारमा आएको यो नै पहिलो गीत हो ।
ठट्यौली र रमाईलो तरिकाबाट सिर्जना गरिएको गीतको भिडियोमा गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले नै अभिनय गरेका छन् । पछिल्ले समय सालको पातको टपरी, जुरेली चरी, औठी बेरुवाको, पीडालु लगायतका गीतले ब्यापक चर्चा कमाईरहेका बेला शर्माको यो गीतले पनि नेपाली लोकसंगीतको बजारमा राम्रै चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।
त्यसो त गीत युटुबमा सार्बजनिक गरेको ३ दिनमै ५ लाख वढीले यो गीत हेरिसकेका छन् । यसैगरी गायिका भण्डारीको पछिल्लो गीत औठी बेरुवाको पनि चर्चाको शिखरमा छ ।
भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
