नयाँ वर्षकै पहिलो दिन सोलुखुम्बुमा जहाज दुर्घटना

सोलुखुम्बु । लुक्लामा समीट एअरको जहाज दुर्घटना भएको छ। समीट एयरको नाइन एन ए एम एच विमान दुर्घटनामा परेको हो।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

Advertisement

विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

More News last news
Loading...