नेकपा महासचिव पौडेललाई ६ सय ७३ रुपैयाँ क्षतिपूर्ति

काभ्रे । बालुवाटारको जग्गा खरिद प्रकरणमा नेकपा महासचिव विष्णु पौडेल ठगिएको अभिव्यक्ति आएपछि कांग्रेस भातृ संस्था नेविसंघ काभ्रेले क्षतिपूर्ति रकम उठाएको छ।

Advertisement

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महासचिव पौडेल ठगिएको अभिव्यक्ति दिएपछि व्यंग्यस्वरुप एक रुपैयाँ सहयोग संकलन गरिएको हो।

संकलित ६ सय ७३ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने नेविसंघ काभ्रेका नेता नृपेश वादेले जानकारी दिए।

More News last news
Loading...