पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् ।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं । नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’

Advertisement

शुभकामना सन्देशमा उनले भनेका छन्,‘स्वभावतस् यतिखेर हामीले बितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ,’ ‘हामीले अब केवल हिजो अस्तिकोजस्तो समय बियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन ।’ नयाँ वर्ष साच्चिकै नयाँ रहोस्, नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् भन्ने कामना पनि उनले गरेका छन् ।

More News last news
Loading...