काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज ब्याचलर अफ एजुकेशन (बी.एड) को प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ।
बीएड प्रथम वर्षको परीक्षा भद्र २०७५ मा आयोजित भएको थियो । कुल १६३७६ परीक्षार्थीमा मात्र ४७९५ जनाले परीक्षा पास गरेका छन् ।
२५८२ जना परीक्षामा अनुपस्थित भएका थिए भने ८५६ जना विषयगत अनुपस्थित थिए । ४ जना परीक्षार्थीले अमर्यादित व्यबहार गरेका कारण २ बर्षका लागि प्रतिवन्ध लगाएको छ भने १६ जना परीक्षार्थीको यो बर्षको परीक्षा बदर गरेको छ ।
५ जनाको परीक्षाको नतिजा रोक्का गरेको त्रिविले जनाएको छ । यो बर्ष २९ दशमलव २८ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । बाँकी आँकडा यस्तो छ।
नतिजा हेर्नका लागि Nepal Telecom को नम्बर रहेको मोबाईलबाट १६०२ मा डायल गरी प्राप्त निर्देशन अनुशार हेर्न सक्नुहुनेछ । साथै मोबाईलमा BED (Space) Roll No टाईप गरी ३३६२४ मा Send गरेर लम्धाङ्क प्राप्त गर्न सक्नुहुनेछ । साथै www.tu.net.np र www.edusanjal.com मा हेर्न सक्नुहुनेछ । नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
