काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) आग्रहमा प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
इन्टरनेटको माध्यमबाट खेलिने पब्जीमाथि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको नेपाल दूरसंचार प्रधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए।
पबजी आज बालबालिका तथा किशोरहरूका लागि लत बनेको छ। ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो। यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ।
पब्जीको लतमा परेकाहरूले आफ्नो दैनिकी बिर्सिन थालेका छन्। खान खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेलेर समय बिताउने गरेको छन्। त्यथ्यांकअनुसार यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउने गरेको पाइएको छ। यो गेम ब्याटल अर्थात् रणभूमि र त्यसमा हुने लडाइँसँग सम्बन्धित भएकाले पनि यसको नकारात्मक असर खेल्नेलाई परिरहेको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
