गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका १ च्यानडाँडामा आज बिहान भएको जीप दुर्घटनामा पूर्वसांसदसहित दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते भएका छन्।
मालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु१ज १९५७ जीप बिहान ९ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परि गुल्मीका पूर्वसासंदसमेत रहेका धुर्कोट गाँउपालिका ५ वस्तु निवासी वर्ष ६५का रूद्रमणी शर्मा भण्डारी र मालिका गाँउपालिका १ का वर्ष ८ का ओसर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी रविन्द्र खड्काले जानकारी दिए।
जीप सडकबाट १०० मिटर तल खसेको छ। जिपमा ११ जना सवार रहेका थिए। घाइतेलाई उपचारका लागि तम्घास र वामी पठाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
