भारतीय प्रधानमन्त्री मोदीको नाममा बनेको फिल्म प्रदर्शनमा रोक

एजेन्सी । भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक जीवनमा केन्द्रीत रहेको बनाइएको फिल्म प्रदर्शनमा रोक लगाएको छ। बुधबार आयोगले ‘पिएम नरेन्द्र मोदी’ नामको फिल्म प्रदर्शनमा रोक लगाएको हो।

लोकसभा निर्वाचनलाई मध्यनजर गरेर बनाइएको उक्त फिल्म बिहीबारदेखि प्रदर्शन गर्ने तयारी थियो। निर्वाचन सुरु भएपछि प्रदर्शन गरिन थालिएको सो फिल्मको प्रचारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भन्दै आयोगले रोक लगाएको बताइएको छ । पिएम मोदीसँगै एटीआर लक्ष्मी, उद्यमा सिंहम नाम फिल्महरु पनि रोक लगाएको आयोगले जनाएको छ।

Advertisement

आयोगले निर्वाचन सुरु हुँदै गर्दा प्रदर्शन गरिने यस्ता फिल्मल कुनै पनि राजनेता वा राजनीतिक पार्टीको छविमा असर पर्न सक्ने भएकोले प्रतिबन्द लगाइएको जनाएको छ।

More News last news
Loading...