किचनमा गरेको एक गल्तीका कारण बने यी व्यक्ति मालामाल, कामदारबाट बने एकाएक मालिक

काठमाडौ । दक्षिण क्यारोलिनाको चाल्र्सटना बस्ने स्टिफन डेअर्नो नाम गरेका एक व्यक्तिले होटलमा काम गर्दा गदै किचनमा भएको एक गल्तीले आफ्नो भाग्य चम्काएका छन्।

उनले किचनका कर्नब्रेड बनाउँदै गर्दा त्यसमा बटरको सट्टामा क्रिम हाले। त्यसपछि उनी झस्किए , किनभने यो गल्तीले आफुलाई कामबाट निकाल्ने हो कि भनेर। तर जब होटलको मालिकले त्यो गल्ती तरिकाले बनाएको खानेकुरालाई ओभनमा राख्न अह्राए। त्यसपछि त्यो खानेकुरालाई ओभनमा केही समय राखेर निकालियो । त्यो निकालेको वस्तु सबैले चाखे , यो कर्नब्रेड त पहिलेको भन्दा स्वादिलो बनेछ। त्यसपछि उनीसँगै काम गर्ने साथीहरु समेत छक्क परे। त्यसपछि स्टिफनलाई होटल मालिकले खुसी हुँदै आफ्नो साझेदारी बनाए।

Advertisement

कसरी बने स्टिफन होटलको कुक ?
२०१७ मा स्टिफन डेअर्नोलाई आफ्ना मातापिताको स्वास्थ्य अवस्था खराब भएपछि आफ्नो घर छोडेर शहरमा बस्नुपर्ने भयो ।

त्यसपछि कोस्टगार्डको जागिरबाट रिटायर भएका ५६ वर्षका स्टिफनसँग अपार्टमेन्टमा सहरमा बस्न पर्ने अवस्था भयो । तर उनीसँग पैसा थिएन् । उनको मातापिताको घर पनि निकै सानो थियो । त्यसपछि उनले घरबारविहिनको लागी बनेको सेल्टर होममा बस्ने निर्नय गरे।

उनी त्यही सेल्टरमा बस्दै जादा स्वरोजगार बन्नको लागी एक खाना पकाउने तालिम लिए। काम सिक्दै जादा एक होटलका मालिक रोल्याण्ड फिल्डम्यान नाम गरेका मानिसले उनलाई आफ्नो होटलमा काम दिए। जुन कामले आज उनी एक गरिब व्यक्तिबाट होटलको मालिक बने । हाल उनी आफु पहिले बसेर सेल्टर होममा मानिसहरुलाई खाना पकाउने तालिम दिन्छन्।

More News last news
Loading...