नेपालका उद्योगपति गोल्छाको निधन

काठमाडौँ । नेपालका उद्योगी गोल्छा परिवारका दिवाकर गोल्छाको उपचारका क्रममा भारतमा निधन भएको छ। उनी केही समयदेखि मृर्गौलाको समस्यबाट ग्रसित बनेका थिए। ६७ वर्षीय गोल्छाको भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति निधन भएको हो।

विराटनगरका उद्योगपति रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन नेपालकै अग्रणी उद्योगी समूह हो। रामलालका दुई छोरा हुलासचन्द्र र हंसराज गोल्छा थिए। दिवाकर हुलासचन्द्रका जेठा छोरा हुन्।

Advertisement

गोल्छा अर्गनाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिएका थिए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष गोल्छा महासंघका वर्तमान प्रथम उपाध्यक्ष शेखर गोल्छाका दाजु हुन्। उनी २०६४ सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बनेका थिए।

More News last news
Loading...