आज रातिबाट नेपाल–भारत सीमा नाका बन्द

भीमदत्तनगर । भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल-भारतका सीमा नाका आज रातिबाट बन्द हुँदैछन्।

यही चैत २८ गते भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर कञ्चनपुरको गड्डाचौकी नाका आज राति १० बजेदेखि ४८ घण्टाका लागि बन्द हुने इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक पदम बुढामगरले जानकारी दिए।

Advertisement

साता दिनअघि भारतमा सम्पन्न बैठकमा दुई देशका अधिकारीबीच तीन दिन सीमा नाका बन्द गर्ने सहमति भएको थियो। भारतको उत्तराखण्ड प्रदेशमा पहिलो चरणमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो।

निर्वाचनलाई मध्यनजर गर्दै कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टालगायतका सीमा नाका २६ चैतको राति १० बजेदेखि २८ गते बेलुका ८ बजेसम्म बन्द हुनेछन्।

More News last news
Loading...