एजेन्सी । भारतको छतिसगढमा माओवादी आक्रमणमा परेर भारतीय जनता पार्टीका नेता एवम् विद्यायकसहित ५ जना मारिएका छन्। भारतको छतिसगढ राज्यअन्तर्गतको दन्तेवाडामा भएको आक्रमणमा परेर उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा विद्यायक भीमा माण्डवीसहित ४ जना रहेका छन्। भारतीय प्रहरीका अनुसार यात्रामा रहेका विद्यायकमाथि माओवादीहरुले आक्रमण गरेका थिए। मारिनेहरुमा विद्यायक माण्डवीसहित उनको गाडीका चालक र ३ सुरक्षाकर्मी रहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्।
माओवादीहरुले उनीहरु सवार गाडीमाथि बम हानेका थिए। बम आक्रमणबाट गाडी ध्वस्त भएको भारतीय प्रहरीलाई उदृत गर्दैै सञ्चारमाध्यामहरुले जनाएका छन्। भारतमा लोकसभा निर्वाचन सुरु हुने पूर्वसन्ध्यामा यो आक्रमण भएको हो। बिहीबारदेखि भारतमा लोकसभा निर्वाचन सुरु हुँदैछ। दन्तेवाडामा पनि बिहीबार पहिलो चरणको निर्वाचन हुँदैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
