मेकअप नगरी किन आएको भन्ने जजले आफ्ना बचाउ गर्दै भनिन्, मेरो बदनाम गर्न खोजियो

काठमाडौँ । मिस नेपाल २०१९ को अडिसनमा सहभागी एक युवतीलाई मेकअप नगरी किन आएको भन्ने प्रश्न गरेर आलोचना खेपिरहेकी निर्णायक (जज) रचना गुरुङले आफ्नो बचाउ गरेकी छन्।

उनले भिडियो क्लिपका अन्य भाग हटाएर आफ्नो उक्त बोली मात्र देखिने गरी नियोजित रुपमा बदनाम गर्ने उद्देश्यले भाइरल बनाइएको बताएकी छन्।

Advertisement

मिस नेपालमा २५ वर्षदेखि आबद्ध गुरुङले आफूले कसैलाई हतोत्साहित पार्ने मनशाय नरहेको भन्दै कुराको प्रसंग नखुलाई अघि पछिको भाग काटेर आफूलाई नराम्रो देखाउन उक्त भिडियो सार्वजनिक गराइएको बताएकी हुन्।

मिस नेपालमा सहभागी हुन मेकअप नै नगरेर आएकी ललितपुरकी अस्मिता महर्जनलाई निर्यायक गुरुङले सो प्रश्न तेर्साइएको भिडियो सामाजिक सञ्जालमार्फत भाइरल भइरहेको छ।

हेर्नुहोस् भाइरल भिडियो

More News last news
Loading...