बुटवल । अर्घाखाँची र धरानमा सवारी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। दुई छुटाछुटै दुर्घटनामा परी ४८ जना घाइते भएका छन्।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर रानाको घटनास्थलमै ज्यान गएको थियो । त्यस्तै जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा सन्धिखर्क नगरपालिका डिभर्नाका ३ वर्षीय प्रिन्स श्रेष्ठको तथा बुटवलमा प्रिन्सकी ३३ वर्षीया आमा विष्णुमाया श्रेष्ठको मृत्यु भएको हो।
त्यस्तै धनकुटाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। ना६ख २७१३ नम्बरको यात्रुबाहक बस धरान उपमहानगरपालिका-१३ को जिरोपोइन्टमा दुर्घटना भएको हो। ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ, वृद्ध दलबहादुर मगर, १ जना महिला र ७ महिनाको बालिका रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
