बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-८ स्थित नुवाकोट लात्तेबाजमा पनि सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र एक जनाको जिल्ला अस्पताल सन्धीखर्कमा गरी ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेका छन्।
त्यस्तै धनकुटाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।दुर्घटनामा ३७ जना घाइते भएका छन्। ना६ख २७१३ नम्बरको यात्रुबाहक बस धरान उपमहानगरपालिका-१३ को जिरोपोइन्टमा दुर्घटना भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
