काठमाडौं । काठमाडौंको बसुन्धारामा सकेट बम फेला परेको छ। हाल नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदैछ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वसन्त लामाका अनुसार ओसिस क्याफे पछाडि रहेको एक घरको तीन तलामाथि रहेको कार्यालयमा सकेट बम भेटिएको हो। उनका अनुसार सांस्कृतिक कार्यक्रमका लागि कोरिया पठाउने ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’को कार्यालयमा बम भेटिएपछि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले अनुसन्धान थालेको छ।
हाल अनुसन्धानका क्रममा कार्यालयमा आएका ५ जना सेवाग्राहीलाई नियन्त्रणमा लिइएको छ। कार्यालयका सञ्चालक भने डम्बर विसी हुन्। उनी पाटन हस्पिटल, ललितपुरमा उपचाररत् छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
