जकार्ता । इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ। इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो।
भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताए। केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उनले जानकारी दिए।
इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
