काठमाडौँ । पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ। वरिष्ठ साहित्यकारसमेत रहेका काठमाडौँबाट बुटवल जाँदै गर्दा धादिङ, गल्छी पुग्दा हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ।
पाश्रितलाई हृदयघात पश्चात ललितपुरस्थित नेपाल मेडिसिटि अस्पताल भर्ना गरिएको छ। डाक्टरका अनुसार प्रश्रितको अवस्था खतरामुत्त रहेको छ। अहिले उनको सिसियुमा राखेर उपचार भइरहेको छ।
यो पनि पढ्नुहोस्
मेषः– प्रातःकाल अशुभ नै देखिन्छ । मध्यान्हबाट समयले थोरै साथ दिनेछ । गुमेको ठाँउ पुन प्राप्त हुनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । खर्चमा थोरै कमि आउनेछ । मान्यजनको सहयोग सहानुभुति मिल्नेछ । वैदेशिक काममा बढि दखल हुनेछ।
वृषः– शारीरिक शिथिलता बढ्नेछ । काम काजमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । धन सम्पतिको नास हुनसक्छ । व्यर्थको घुमाई हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आफन्तबाट नै विरोधीको व्यवहार हुनसक्छ । परिश्रमको मुल्य पाईने छैन । आस्था र विश्वास घट्नेछ । तनाव बढ्न सक्छ ।
मिथुनः–समय सामान्य अनुकुल देखिन्छ । आम्दानीका हिसावले दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । कार्य लगनशिलता बढाउनु होला । प्रयत्न गर्नु भयो भने उधारो रकम उठाउन सकिनेछ । कामको विचमा सहयोग गर्ने पनि भेटिने छन् । प्रलोभनमा पार्न सक्छन् सतर्क रहनुहोला ।
कर्कटः–असहज स्थिति पार गरेर सहज स्थितिमा प्रवेश गरिनेछ । राकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा कार्यभार थपिन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्न पर्ला । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमतामा वृद्धि हुनेछ । सहयोगी हात भेटिने छन् । उत्साहा थपिनेछ ।
सिंहः– पूर्वान्ह कमजोर देखिन्छ । मध्यान्हबाट समयमा थोरै सुधार आउनेछ । तनावमा कमि आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि दखल हुनेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । वोलीको मुल्याङ्कन हुने छैन । आशा र भरोसामा काम नगर्नु होला । पढाईमा रुची बढ्नेछ । धार्मिक काममा सक्रियता बढ्नेछ । यात्राको सम्भावना देखिन्छ।
कन्याः–आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । काम गर्ने वातावरण खलबलिनेछ । दुर्जनहरुको सक्रियता बढ्नेछ भने सहयोगी हात पन्छिने छन् । दैनिका काममा समस्या आउन सक्छ। मानसिक तनावमा वृद्धि हुनसक्छ । खर्च बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ। खर्चमा वृद्धि हुने देखिन्छ।
तुलाः–हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिन सक्छ । लोभ मोह बढ्नेछ । प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । पुरानो विवादको टुङ्गो लाग्नेछ । दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुने देखिन्छ । यात्रा हुनसक्छ।
वृश्चिकः–संघर्षको बाटो तय गर्नु होला सहज रुपमा कहि केहि हुने छैन । सवैलाई मित्र ठान्नु गलत हुनेछ । अरुको भर विश्वासमा काम गर्नु भयो भने आएको अवसर पनि गुक्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकरीमा कार्य भार थपिनेछ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । लगानीमा जोड नदिनुहोला ।
धनुः– द्विविधामा नपरि काम गर्नु होला । लेनदेन कारोवारले टाउको दुखाउनेछ । इच्छाशक्ति मरेर आउनेछ । वोलीको अनर्थ लाग्न सक्छ । आफन्त पराई हुनसक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा रुची बढ्नेछ । शैक्षिक तथा वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । धन दिएर मित्र टाढा बनाउने काम नगर्नु होला ।
मकरः– मन पाक्ने छ,तन थाक्नेछ,निराशा बढ्नेछ । भावनामा बगेर केहि काम नगर्नु होला । आफ्नो धन खर्च गरेर अरुलाई सहयोगको कुने अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । मन विसाउने चौतारी मिल्ने छैन । कार्य क्षमतामा ह्रास आउनेछ ।
कुम्भः– आलस्यता घट्नेछ,उद्योग,पराक्रम बढ्नेछ । नयाँ नयाँ कामको अवसर नआउला भन्न सकिन्न । धार्मिक काममा धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु¥याउनु होला ।
मिनः– प्रातकाल जति अपरान्ह काल अनुकुल हुने छैन । धैर्यता पूर्वक कुटनैतिक विधि अप्नाएर काम गर्दा राम्रो होला । आर्थिक कारोवारमा विशेष ध्यान दिनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । श्रम अनुसारको प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य मुनाफा हुनेछ । पढाईमा भने अरुची बढ्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
