धनाढ्य व्यक्ति जेफ बेजोसको संसारकै सबैभन्दा महँगो सम्बन्धविच्छेद

संसारका सर्वाधिक धनाढ्य व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्धविच्छेदका लागि गरेको सम्झौताले रेकर्ड ब्रेक गरेको छ । सम्बन्धविच्छेदका लागि बेजोसले श्रीमतीलाई ३५ बिलियन डलर (३५ खर्ब रुपैयाँ) को सम्पत्ति दिनेछन्।

२५ वर्षअघि विवाह गरेको यो जोडीले एमेजनको १ खर्ब ४३ अर्ब डलरको सेयर बाँडफाँड गरेका छन्। उक्त सम्झौता अनुसार जेफ बेजोसले सन् १९९४ मा स्थापना गरेको कम्पनी एमेजनमा १२ प्रतिशत सेयर हुनेछ भने म्याककेन्जीको चार प्रतिशत सेयर हुनेछ।

Advertisement

म्याककेन्जीले वासिङ्टन पोस्ट पत्रिका र बेजोसको पर्यटनसम्बन्धि कम्पनी ब्लू ओरिजिनको सबै ब्याज बेजोसलाई दिनेछिन्। यी दुईको सम्बन्धविच्छेदले यसअघि ३.८ बिलियन डलर (४ खर्ब १९ अर्ब रुपैयाँ) को ‘डिभोर्स सेटलमेन्ट’ गरेका कला व्यापारी एलेक वाइल्डेन्सटिन र उनकी श्रीमती जोसेलिनको रेकर्ड तोडेको छ।

म्याककेन्जीले यसबारे ट्वीटरमा घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्, ‘सम्बन्धविच्छेदको प्रक्रिया समाप्त गर्न प्रत्येकले गरेको सहयोगका लागि आभारी छु ।’

More News last news
Loading...