काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार श्रेष्ठले चार हजार २२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार बनेका सुनील पोखरेलले तीन हजार ८७३ मत प्राप्त गरे।
महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीालामणि पौडेल विजयी भएका छन्। प्रगतिशील समूहका सुरेन्द्र थापामगरलाई पराजित गर्दै पौडेल महासचिवमा निर्वाचित भएका हुन्।
पौडेलले चार हजार १७८ मत प्राप्त गरे । पराजित थापामगरले तीन हजार ७०१ मत पाए । पदाधिकारीतर्फ पनि प्रगतिशीलको बहुमत रहेको छ । नयाँ नेतृत्वका लागि गत शनिबार काठमाडौं उपत्यकासहित देशभरिका ३५ मतदान केन्द्रमा मतदान भएको थियो।
एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एकरएक गरी ८ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
