आइरन लेडी एवं विमान कम्पनीकी मालिकको विमान दुर्घटनामा मृत्यु

एजेन्सी । रुसी उड्डयन उद्योगमा आइरन लेडीको नामले चर्चित नतालिया फिलेवा (५५) को विमान दुर्घटनामा मृत्यु भएको छ।

यो दुर्घटना दक्षिण–पश्चिम जर्मनीस्थित एजेलबाश शहर नजिकै भयो। ६ सिटे विमानमा पाइलटबाहेक ५५ वर्षकी नतालिया र उनका पिता थिए। विमानमा सवार तीनैजनाको मृत्यु भएको छ।

Advertisement

बुवालाई उपचारका लागि जर्मनी लैजादै थिइन् नतालियाः
नतालिया र उनका श्रीमान् भ्लादिस्लाव फिलेवा एससेभेन एयरलाइन्सका सह-मालिक थिए। नतालियाको सम्पत्ति ६० करोड डलर थियो। उनका चार सन्तान छन्। यीमध्ये एक धर्मपुत्री पनि छिन्। रुसी नागरिक उड्डयन क्षेत्रमा यात्रीको सुविधा र सुरक्षा बढाउने विषयमा केन्द्रीत नतालियालाई आइरन लेडी भनिन्थ्यो। नतालिया बुवाको उपचारका लागि फ्रान्सबाट जर्मन जाँदै थिइन् । त्यति नै बेला दुर्घटना भएको थियो।

२६ देशका एक सय ८१ शहरमा छन् एससेभेनको सेवाः
एससेभेन जसलाई साइबेरिया एयरलाइन्स पनि भनिन्छ, रुसको दोस्रो ठूलो एयरलाइन्स कम्पनी हो। कम्पनीका ९६ वटा विमान छन् । संसारको २६ देशका एक सय ८१ शहरमा यसले सेवा दिन्छ। रुसको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी एयरोफ्लोतको यो प्रमुख प्रतिद्वन्द्वी हो। एयरोफ्लोत सरकारी कम्पनी हो।

More News last news
Loading...