इजिप्टमा नेपालकी ५ वर्षिया बालिकाले फहराईन् विश्वभरका नेपालीमा खूशीयाली

मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा शहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पिजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी छिन ।

कार्यक्रममा मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि पनि जितेकी थिईन ।

Advertisement

मोर्निंग ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा मिनी लिटिल च्याम्प २०१९ को टाईटल जितेर अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिनिधत्व गरेकी प्रिन्शा सहभागी मध्यकै सबैभन्दा कम उमेरकी भए पनि मिनीतर्फ मिनी मोडेलका साथै उत्कृष्ट डान्सरको पनि उपाधि हाँसिल गरेकी हुन।

वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा पढ्ने प्रिन्शा अन्तराष्ट्रिय मिनी मोडलमा भाग लिन आयोजक मोर्निंग ग्लोरीको टिमसँग गत मार्च २० मा इजिप्ट गएकी थिइन।

मार्च २१ देखि २८ तारिकसम्म संसारभरका विभिन्न देशबाट १८ वर्षमुनिका ४५ जना सहभागी रहेको उक्त कार्यक्रम ८ दिनसम्म त्यहाँ स्थित परिचित पाँचतारे होटेल द क्यारेवियन वल्ड रिसोर्टमा चलेको थियो।

More News last news
Loading...